नारायणगढ–मुग्लिन अवरुद्ध सडक खुल्यो

पोखरा न्यूज -२०, साउन । 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button