प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित

पोखरा न्यूज -२०, साउन ।

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गरेका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत थिए । पङ्गेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघात भई निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button