एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशियाका लागि प्रस्थान

पोखरा न्यूज  -२२, साउन ।

इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखरा बाट प्रस्थान गरेको छ ।

पोखराका बाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगाएतले विदाई गरेका थिए ।

पहिलो पटक एशियाली खेलमा समाबेश गरिएको प्याराग्लाईडिङ खेलमा सहभागीता जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडीहरु गरि कुल ८ जना खेलाडी रहेका छन । नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडीहरु कास्की हुन । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन ।

नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन । नेपालले प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना रहेको खेल मध्ये एक हो ।

आज प्रस्थान गर्ने खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, शुसिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन । टिम संग प्रशिक्षक योगश भट्टराई पनि संगै प्रस्थान गर्दै छन ।

नेपाली टिम इण्डोनिशयाको राजधानी जर्काता बाट २ सय किलोमिटर टाढा पुनचाक् भन्ने स्थानमा पुग्ने प्रशिक्षक भट्टराईले बताए । नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेशिया जान लागेको हो । “प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चाप लगाएतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभयस्त बनाउन एक साता अघि नै जान लागेका हौं” प्रशिक्षक भट्टराईले भने ।

नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक साता पछि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ। प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० गते सम्म आयोजना हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button