कास्की सेवा हस्पिटलमा २४ सै घण्टा बिशेषज्ञ सेवा

पोखरा न्यूज -२२, साउन ।

पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिमा २४ सै घण्टा बिशेषज्ञ सेवा हालै संचालनमा आएको छ । सघन उपचारमा एनेस्थेटिक क्रिटिकल केयर बिशेषज्ञबाट २४ सैं घण्टा मा बिशेषज्ञ सेवा उपलब्ध गराउने उद्धेश्यले हालै उक्त सेवा संचालन गरिएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

आकस्मित अवस्थालाई ध्यानमा राखि बिशेषज्ञ जनरल प्राक्टिसनर बाट इमर्जेन्सि सेवा संचालन गरिएकोे हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बताए । समयमै उपचार गराउन नपाएर धेरैको मृत्यु हुने गरेको बताउदै पोखरेले त्यस्ता घटनालाई न्यूनिकरण गर्न पनि अस्पताल प्रशासनले सेवालाई पहिला प्रथामिकता दिएको जनाए। हस्पिटलमा आई.सि.यू/एन.आई.सि.यू. तथा इमर्जेन्सिमा २४ सै घण्टा बिषेशज्ञ चिकित्सक उपलब्ध हुने ब्यवस्था गरिएको उनले प्रष्ट पारे । हाल ३ जना बिशेषज्ञ चिकित्सक २४ सै घण्टा सेवामा खटिने भएको हस्पिटलले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । हस्पिटलमा डा. कृष्ण मुरारी अधिकारी, डा. गजल पाखे, डा. सन्तोस अधिकारी, डा. सईन्द्र श्रेष्ठ, डा सनिस गुरुङ, डा. आसा पुन, असिम सुवेदी, डा अभिषेक श्रेष्ठ, डा.रामजी बराल, डा. प्रदिप भट्टराई, डा.प्रिती मिश्र लगायतका चिकित्सकहरुले सेवा दिने भएको पोखरेलले बताए ।

घर घरमा स्वास्थ्य सेवा उपलब्ध गाराउने हेल्थ एट होम तथा शारीरिक फिटनेसका लागि डाइटिसियन तथा फिजियोथेरापिष्ट बाट संचालन हुने डाइट एण्ड फिट जस्ता कार्यक्रम छिट्टै उपलब्ध गराउने भएको प्रवन्ध निर्देशक गजेन्द्र थापा मगरले बताए । हस्पिटलमा होलवडि जाच, खेलाडीहरुको नियमित स्वास्थ्य परिक्षण लाहुरे भर्तीका लागि फिटनेशस परिक्षण संचालन भएको छ । एक सय शैयाको हस्पिटलमा हाल २९ जना चिकित्सक रहेका छन। डा. कृष्ण मुरारी अधिकारीले निजी क्षेत्रमा आफुहरुले अन्य हस्पिटलको तुलनामा नयाँ तथा अति आवश्यक र गुणस्तरिय सेवा संचालन गरेको दाबी गरे । हस्पिटलमा अन्य हस्पिटलको तुलनामा केहि महङगो भएको जनगुनासो छ भन्ने पत्रकारको प्रश्नमा सिइओ पोखरेलले निजी क्षेत्रमा पोखरामा पहिलो भए पनि केहि समय अघि संचालन भएको सघन उपचारमा भन्य बढी शुल्क लाग्ने उनले बताए । हाल अन्य निजी हस्पिटलको तुलनामा आफुहरुको धेरै कुरामा सहुलियत रहेको पोखरेलको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button