लमजुङमा प्रवासीको सहयोगबाट खेलमैदान निर्माण

पोखरा न्यूज -२३, साउन।

लमजुङमा युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् ।

खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान निर्माण गरिएको हो । २०६५ देखि ३ वर्ष क्लबले नाचगान गरी रु सात लाख जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । गाउँका युवाको खेलप्रति आकर्षण र आवश्यकतालाई महसुस गरी चन्दा तथा सहयोग सङ्कलन गरी खेलमैदान निर्माण शुरु गरिएको क्लबका अध्यक्ष नन्द घलेले बताए ।

गाउँका युवा विदेशिएपछि मैदान निर्माण कार्य रोकिएकामा अहिले विदेशिएका युवाले सहयोग जुटाएपछि पुनःनिर्माण थालिएको हो । गाउँबाट बेलायत, अमेरिका, हङकङ, यूएई, कतार र मलेसियालगायतका देशमा पुगेका युवाले खेलमैदान निर्माणका लागि करीब रु १३ लाख सहयोग गरेका थिए । “रकम अभावका कारण खेल मैदानले पूर्णता पाउन सकेको थिएन” अध्यक्ष घलेले भने, “विदेशिएका युवाले खेलमैदान निर्माणका लागि सहयोग पठाउन थालेपछि खेलमैदान पुनःनिर्माण शुरु भएको हो ।”

खेलमैदान निर्माण गर्न बेँसीशहर नगरपालिकाले रु ३ लाख, वडाले रु २ लाख, प्रवासमा रहेका गाउँकै पाँच युवाले रु १/१ लाख, ९ युवाले रु ५०/५० हजार, प्रगति नारी समाजले रु ५० हजार सहयोग गरेको क्लबले जनाएको छ । गाउँका बुढापाका, आमा समूह, युवा सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन् । खेल मैदानका लागि गाउँका ८ जनाले झण्डै ४० रोपनी जग्गा दान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button