पोखराको मनिपाल अस्पतालमा विवाद समाधान गर्न समिति गठन

पोखरा न्यूज -२३, साउन ।

गण्डकी प्रदेश सरकारले पोखरास्थित मनिपाल शिक्षण अस्पताल व्यवस्थापन र कर्मचारीबीचको विवाद समाधान गर्न समिति गठन गरेको छ ।

सरकारका प्रवक्ता रामशरण बस्नेतले पूर्वजिल्ला न्यायाधीश लिप्तबहादुर थापाको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको जानकारी दिए । बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकार मातहत ल्याई सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

केही दिनअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पताल निरीक्षण गर्दा सिटिस्क्यान, एमआरआई जस्ता अत्यावश्यक यन्त्र नभएको, सेवाग्राहीले धेरै दुःख पाएको जस्ता समस्या फेला परेकाले ती समस्या समाधान गर्न अस्पताल प्रदेश सरकार मातहत ल्याउनु परेको बस्नेतले जिकिर गरे । त्यस्तै बैठकले प्रशासकीय कार्यविधि विधेयक २०७५ र प्रादेशिक सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close