सिरहामा कालोबजारीको आरोपमा व्यापारी पक्राउ

पोखरा न्यूज -२४, साउन ।

मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

डिएपी मल प्रतिबोरा रु २ हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु २ हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए ।

गुप्तामाथि कालोबजार ऐनअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।

यस्तै भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको रु एक लाखभन्दा बढी मूल्य बराबरको सामानसहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहित आज बिहान सिरहाको गोलबजार नगरपालिका–७ निवासी ललितादेवी महतो र सिरहाकै कल्याणपुर नगरपालिका–९ निवासी शम्भु यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट गुन्द्री १६ पिस, राजनिवास चार बोरा, दाल ५० किलो, चकलेट पाँच कार्टुन, रेगुलेटर, खाने तेल तीन टिन, रसवरी तीन कार्टुन, स्याम्फो चार कार्टुन, लदरी पानमा लगाउने छ कार्टुन, पापड एक कार्टुन लत्ता कपडा र कस्मेट्रिकलगायतका करीब रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button