पोखरा विमानस्थल निमार्णको लागि थप जग्गा अधिग्रहण

स्थानियद्धारा आन्दोलनको तयारी

डी.एन.बी.,पोखरा न्यूज -२४, साउन ।

पोखरामा निमार्णधिन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि पुनः थप जग्गा आवश्यक भएको छ । पोखरा विमानस्थल निमार्णको क्रममा पुनः थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनकर्मीले बताए ।

उनले भने “ पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमानको ह्याङगरको लागि तथा ईन्धन स्टोरेजको लागि (आयल निगमलाई ) थप जग्गा आवश्यक भएकोले पुनः जग्गा अधिग्रहणको हामीले सर्भे सहितको गृहकार्य सुरु गरेका छौं । ” प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समय अघि पोखरा विमानस्थल निमार्ण कार्यको अध्ययन अवलोकन गरी दृर्घकालिन रुपमा संचालन हुने गरी पुर्वाधार निमार्ण गर्न दिएको निर्देशन अनुसार आफुहरुले केहि प्राविधिकहरुसंगको सल्लाह सुझावमा थप जग्गा आवश्यक भएकोले गर्दा पुनः जग्गा अधिग्रहण गर्नुपर्ने अबस्था रहेको आयोजना प्रमुख मुनकर्मीले बताए ।

बुद्ध एयरका केहि प्राविधिकहरुले कम्तिमा पनि ह्याङगरको लागि ५० वाई ५० मिटर जग्गा आवश्यक भएको बताए पछि र आयल निगमको लागि हाल हामीले छुट्टाएको १५ रोपनी कम हुने भएकोले गर्दा हामीले पुनः जग्गा अधिग्रहण गर्नु पर्ने अबस्था आएको उनको भनाई छ । ” आयल निगमको लागि कम्तिमा ४० रोपनी जग्गा आवश्यक भएको उनले जनाए ।

हाल आफुहरुले पोखरामा निमार्ण हुदै गरेको विमानस्थलको पुर्वीउत्तर तथा दक्षिण तर्फको जग्गा अधिग्रहण गर्नको लागि सर्भे समेत गर्न लागेको प्रमुख विनेस मुनकर्मीले जनाए । हाल करिब एक सय भन्दा बढी रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताउदै उनले सर्भे गरेर विमानस्थलको लागि आवश्यक भन्दा बढी जग्गा नलिने पक्षमा आफुहरु रहेको प्रमुख मुनकर्मीले बताए । पोखरा विमानस्थलको हालसम्म करिब १४ प्रतिशत जसो निमार्णको काम सम्पन्न भएको उनले जनाए ।

यसैबिच, पोखरा विमानस्थलको लागि पुनः जग्गा अधिग्रण हुने कुरा चर्चा चलेसंगै स्थानिय निकै ससङकित भएका छन। पोखरा विमानस्थल निमार्णको लागि पटक पटक गरी आफुहरुलाई जग्गा अधिग्रहण गरेकोले अब पनि फेरी विभिन्न वाहानामा जग्गा अधिग्रहण गर्न खोजे आफुहरु चुप लागेर नबस्ने स्थानिय गनेश पौडेलले बताए । उनले भने “यो सबै जग्गा अधिग्रहण गर्ने नाममा आर्थिक चलखेल भएको छ, राष्ट्रिय गौरवको योजना भन्ने पटक पटक जग्गा अधिग्रहण गरी चार पटक भन्दा बढी बिस्थापित भएकाहरुको अबस्था के हुन्छ होला के सरकारले यसमा बुझेको छ । ” विमानस्थलको जग्गा अधिग्रहण गर्ने नाममा पोखराको ३ सय बर्ष भन्दा पुरानो बस्ती रहेको आफ्नो सामाजिक, सांस्कृतिक तथा मौलिक परम्परा नै मेटिने गरी मझेरीपाटनलाई ध्वस्त पार्ने काम भएको उनको आरोप छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button