Pokhara News

रु ३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

प्रतीकात्मक तस्बिर

पोखरा न्यूज -२५, साउन ।

नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ ।

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । रु ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए । उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ ।

“भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,” उनले भने । भवन निर्माणका लागि सरकारले चालू आवमा रु २ करोड १० लाख विनियोजन गरेको छ । सो भवन बहुवर्षीय योजना अनुसार निर्माण हुनेछ । हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ ।

खुल्दैछ.......