नेपाललाई थाइल्यान्ड टिमको चार गोल उपहार

पोखरा न्यूज -२५, साउन ।

एसियन गेम्सको तयारी गर्न थाइल्यान्ड पुगेको नेपाली टोलीले दोस्रो तयारी खेलमा पनि हार बेहोरेको छ । पहिलो खेलमा त्यहाँको स्थानीय टेरो फुटबल क्लबसँग १-० गोल अन्तरले हारेको नेपाली टिमलाई आज थाइल्यान्डको यु-२३ टोलीले ४-० गोल अन्तरले पराजित गर्यो ।

थाम्मासत युनिभर्सिटी मैदानमा भएको खेलमा नेपालको प्रदर्शन निकै निरीह देखियो । रक्षापङ्क्ती, मिड्फिल्ड र स्ट्राइकिङ्ग सबै भागमा निकै कमजोर फुटबल खेलेको नेपाली टिम पहिलो हाफमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा अझ खराब प्रदर्शन गर्दै अरु तीन गोल खाँदै नेपाल अनन्त ४-० ले पराजित भयो । थाइल्यान्ड फिफा र्यान्किङ्गमा १२२ औं स्थानमा रहेको टिम हो ।

एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारी स्वरुप थाइल्यान्ड पुगेको नेपाली टोली अब सोझै इन्डोनेशियामा हुने एसियम गेम्स खेल्न जानेछ । एसियन गेम्समा नेपाल समूह डि मा जापान, भियतनाम र पाकिस्तानसँगै रहेको छ जसमध्ये जापानसँग आफ्नो पहिलो खेल अगस्ट १४ तारिखमा खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button