पर्वतमा रक्त क्यान्सर पीडित बालकलाई सहयोग

पोखरा न्यूज -२७, साउन ।

पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् ।

रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियान अन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ ।

छिमेकी र गाउँले मिलेर गठन गरेको ‘अर्जुन बचाउ अभियान’ले सङ्कलन गरेको रु एक लाख ८८ हजार १७७ शनिबार हस्तान्तरण गरिएको स्थानीयवासी सुरेन्द्र शर्मा गौतमले जानकारी दिए । अभियानले गौतमको उपचारका लागि रु दुई लाख ८७ हजार ७७१ सङ्कलन गरेको थियो । पहिलो किस्ताको रकम यसअघि नै हस्तान्तरण गरिएको थियो ।

सहयोगका लागि स्थानीय गोविन्द पौडेलको अध्यक्षतामा मूल समिति गठन गरी देश विदेशमा सामाजिक सञ्जालसमेत प्रयोग गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

समितिले कसैले सहयोग रकम राखेको भए एक हप्ताभित्र परिवारलाई हस्तान्तरण गरिदिन अनुरोध गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गौतमको उपचारका लागि विभिन्न संस्थाले अभियान सञ्चालन गरिरहेका छन् । उनको उपचारमा रु २० लाख खर्च लाग्ने बताइएको छ । अहिलेसम्म झण्डै रु १५ लाख सहयोग सङ्कलन भइसकेको छ । कुश्मा नगरपालिका–११ पकुवामा रहेको वीरेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत् पीडित बालकको एक वर्षदेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button