कास्कीको धारापानी माविले हीरक जयन्ती मनाउने

पोखरा न्यूज -२८, साउन ।

कास्की अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर स्थित धारापानी माध्यमिक विद्यालयले वार्षिक कार्यक्रमका साथ हीरक जयन्ती मनाउने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले आगामी भदौ १ गते हीरकोेत्सव मनाउन विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलले हीरक जयन्तीका अवसरमा अन्तर गाउँपालिका, वडा एवं स्रोतकेन्द्रस्तरीय विभिन्न प्रतियोगिता आयोजना गरिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button