रोल्पामा दुर्घटना हुँदा १ बालिकाको मृत्यु

पोखरा न्यूज -२८, साउन ।

रोल्पा लिवाङबाट घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक जीप रुन्टीबढी गाउँपालिका–१ विसुनधारामा दुर्घटना हुँदा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का सुदीप कार्कीका चार वर्षीया छोरी ऋतु कार्की रहेको प्रहरीले जनाएको छ । लु१च ९४९४ नम्बरको जीप दुर्घटना हुँदा सोहि जीपमा सवार ऋतुको च्यापिएर मृत्यु भएको जनाएको छ ।

सडकबाट ३० मिटर तल खसेको उक्त जीपमा १२/१५ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सामान्य घाइते भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ ।

जीपका चालक विशाल थापालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सुरेन्द्र धमालाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button