बेनी–जोमसोम सडक अवरुद्ध

पोखरा न्यूज -२९, साउन ।

दर्जनौँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ ।

छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिराको जोखिम बढेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीले धार परिवर्तन गरी भएको कटानका कारण विद्यालय भवन जोखिममा परेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button