बन्द गराउँदै हिँड्ने पक्राउ

पोखरा न्यूज -२९, साउन ।

कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले आज पक्राउ गरेको छ ।

सो पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उक्त पार्टीले आह्वान गरेको बन्दका कारण आज कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button