पोखराको तालचोकमा तर्साउने (होक्स) बम

पोखरा न्यूज -२९, साउन  । 

पोखराको तालचोक स्थित धर्मकाटा अगाडी पृथ्बी राजमार्ग सडकको बिच भागमा तर्साउने (होक्स) बम भेटिएको छ । बिप्लव माओवादीले मंगलबार आव्हान गरेको नेपाल बन्दको समयमा पोखराको तालचोकमा होक्स (तर्साउन प्रयोग हुने) बम भेटिएको डिस्पोजल टोलीले जनाएको छ ।

आज बिहान करिब ११ः०० बजे तिर स्थानियले देखेर प्रहरीलाई खबर गरे पश्चात पोखरा स्थित हाल विजयपुरमा रहेको कालिभन्जन गणको बम डिस्पोजल टोलीले करिब एक घण्टामै संकास्पद बस्तुको पहिचान गरी त्यही निस्तेज (डिस्पोज) गरेको मेजर बल बहादुर थापाले बताए ।

बारुद बाहेक अधिकाशं सकेट बममा प्रयोग हुने बस्तुहरु प्रयोग गरी मानिसहरुलाई तर्साउने गरी सडकमा भेटिएको संकास्पद बस्तु होक्स बम भएको मेजरले बताए। यसअघि माओबादीको बन्द तथा हड्तालको क्रममा पनि पोखरामा बिभिन्न ठाँउमा बम भेटिएको थियो ।

उक्त बममा डेढ ईन्चिको पाईपको सकेटमा साबुन भरेको साथै त्यसमा तार समेत भेटिएको मेजर थापाले जनाए । केहि समय उक्त क्षेत्रमा स्थानिय त्रसित भएका थिए । बिप्लव माओवादीको बन्दको क्रममा यस्तो बम भेटिनु माओबादी कार्यकर्ताले नै गरेको हुन सक्ने प्रहरीले पुर्व अनुमान गरेको छ यद्यपि यसको बारेमा अनुसन्धान भने भई रहेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

माओबादी बन्दको प्रभाव कास्कीका अधिकाशं क्षेत्रमा पर्यो । कास्की क्षेत्रबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक तथा रातो प्लेटका गाडीहरु संचालन हुन सकेनन भने उद्योग धन्दा ,कलकारखाना, शैक्षिक संघ संस्था विभिन्न व्यापारिक प्रतिष्ठानहरु समेत संचालन हुन सकेनन । सडकमा दुई पाङग्रे सवारी साधन तथा हरियो प्लेटका गाडीहरु भने संचालन भएका थिए । सडकमा युवा देखि केटाकेटीहरु विभिन्न खेल खेलेको देखिन्थ्यो भने अधिकाशं व्यक्ति हुने पोखराको मुख्य बजार सुनसान जस्तै भएको थियो । बेलुका ५ बजे देखि पुर्ववत रुपमा सबै सेवा संचालनमा आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button