हुम्लामा हेलिकोप्टरको पंखाले लागेर १ को मृत्यु

पोखरा न्यूज -२९, साउन ।

हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button