पहाडी सडक खण्डमा जोखिम पूर्ण यात्रा

पोखरा न्यूज -३०, साउन ।

पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हुँदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् ।

दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो ।

सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्थामा पनि निकै असहज हुने अवस्था छ । यसैगरी सडक बिग्रिएकै कारण पर्याप्त मात्रामा पहाडी क्षेत्रमा खाद्यान्न ढुवानीमा समेत समस्या देखा परेको छ ।

पहाडी क्षेत्रको दलदले–बुलिङटार सडक खण्ड अन्तर्गत रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका पहाडी क्षेत्रमा अविरल वर्षापछि सडक बिग्रिएका छन् ।

यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गतको पहाडी क्षेत्रका विभिन्न स्थानमा सडक बिग्रिएका छन् । पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएकै कारण पहाडी क्षेत्रका यात्रा निकै जोखिमपूर्ण र कष्टकर बन्ने गरेको पाइन्छ ।

कालीण्डकी कोरिडोर मुख्य स्थान गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना तरङ्गखोला सिमाना बिग्रिएको छ । यसबाहेक अन्य धैरे स्थानमा सडक बिग्रिएको छ ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जाने सडकखण्ड दलदले–बुलिङ्टार र कालीगण्डकी कोरिडोर सडकखण्ड गरी दुई वटामात्र वैकल्पिक सडक मार्ग हुन् । जुन अधिकांश सडक पक्की नहुँदा वर्षाको समयमा सडक बिग्रिने हुँदा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य हुने गरेको अवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button