बागलुङमा पहिरोले पुरेर बेपत्ता सासूबुहारीको शव फेला

पोखरा न्यूज -३०, साउन । 

पहिरोले घर पुर्दा बेपत्ता बनेका निसीखोला गाउँपालिका–३ की ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाहीको शव फेला परेको छ ।

आज बिहानदेखि बेपत्ता उनिहरुको शव अपराह्न फेला परेको प्रहरीले जनाएको छ । उनिहरु नाताले सासूबुहारी हुन् । घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दा खोजी र उद्धारमा खटिएका थिए ।

शव परीक्षणका लागि स्वास्थ्य संस्थामा लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए। मृतक धनकुमारीका श्रीमान् मानबहादुर शाही गोठ गएका बेला घटना भएको जनाइएको छ ।

क्षतिको अवस्था बुझ्न र राहतका लागि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मीलगायतको टोली घटनास्थल पुगेको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button