रुपन्देहीमा दुर्घटना हुँदा युवकको मृत्यु

पोखरा न्यूज -३१, साउन ।

सैनामैना नगरपालिकामा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको लु१ज २७२८ नं को विङ्गर गाडीले लु१प ७७४३ नं को मोटरसाइकलालाई ठक्कर दिएपछि मोटरसाइकल चालक सैनामैना– ५ का ३० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।

दुर्घटनापछि उत्तेजित एक समूहले सो विङ्गरमा आगजनी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button