आवश्यकता र औचित्यविना करको दर वृद्धि गर्न नहुनेः नेता डा महत

पोखरा न्यूज -०१, भदौँ ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढ्ने सरकारका क्रियाकलापले विरोधमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आर्थिक समृद्धिको सपना बाँडेर निर्वाचित सरकारले स्थानीय तहबाटै मनोमानी किसिमले कर वृद्धि गरेको आरोप लगाए।

नेता डा महतले स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा करले जनता मारमा परेको र सङ्घीयताको मर्म, क्षेत्राधिकार, मौलिक हकलाई सरकारले ध्यान नदिएको बताए ।

काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनतालाई मार पर्ने गरी आवश्यकता र औचित्यविना करको दर वृद्धि नगर्न निर्देशन दिइएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button