Pokhara News
Image default

पोखरामा जारी बीच भलिबलको फाइनल आइतबार हुने

पोखरा न्यूज -२, भदौँ ।

पोखरामा जारी बीच भलिबल प्रतियोगिताको फाइनल आइतबार हुने भएको छ । प्रतियोगिता अन्तरगत आइतबार नै हुने सशस्त्र प्रहरी कालिका गणको एपीएफ बी र पश्चिमाञ्चल भलिबल संघबीचको सेमीफाइनल विजेता र एपीएफ ए र कास्की जिल्ला भलिबल संघबीचको सेमीफाइनल विजेता फाइनल भिड्ने छ ।

शनिबार भएको प्रतियोगिताको क्वार्टरफाइनल खेलमा सशस्त्र कालिका गण एपीएफ एले मादि गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको हो । उता, पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदिपुरलाई २१–१५, १५–२१ र १५–८ ले हराउँदै सेमीफाइनल पुगेको हो ।

एपीएफ बीले कास्की जिल्ला भलिबल संघ डीलाई २१–११ र २१–१३ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको हो । उता, कास्की जिल्ला भलिबल संघ एले कास्की जिल्ला भलिबल संघकै बी टिमलाई १३–२१, २१–१५ र १५–१३ ले हराउँदै सेमीफाइनल यात्रा गरेको हो ।

अन्य खबर

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

रासस

पोखरामा अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’

रासस

मेस्सी तीन साता नखेल्ने, एल् क्लासिको पनि गुमाउने

रासस