फेवातालमा दोहन, महानगरपालिका बेखबर

पोखरा न्यूज -०३, भदौँ । 

पोखराको पर्यटकीय स्थल फेवातालमा हिजोआज अवैध रुपमा दोहन हुँदै आएको स्थानियले गुनासो गरेका छन। फेवातालबाट कसैले पनि पानी निकाल्न नपाउने नियम भए पनि हाल केहि ठाँउमा स्थानिय बासिले जेनेरेटर नै प्रयोग गरी पानी निकल्दै आउने गरेको स्थनियले गुनासो गरेका हुन।

पोखरा महानगरपालिका भने यस बिषयमा बेखबर जस्तै भएको छ । पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका प्रमुख ई. महेन्द्र बहादुर गोदारले फेवातालमा जेनेरेटर लगायर पानी निकाल्दै गरेको बारेमा आफुहरुलाई थाहा नभएको प्रकतिकृया दिए। उनले भने “ यदि कसैले फेवातालबाट पानी निकालेको भेटिएमा ५ हजार देखि ५० हजारसम्म कारवाही हुन्छ, यदि तालबाट पानी निकालेका कोहि भए हामी तत्कल कारवाही गछौं, तालबाट कसैले दोहन गर्न पाउदैन। ”

पोखराको फेवातालमा अर्काे तर्फ जलकुम्भी झारले तालको स्वरुपमा केही प्रभाव पारेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन। महानगरपालिकाले हाल फेवातालमा फैलिएको जलकुम्भी झार हटाउने मेसिन ल्याए पनि केहि ठाँउ प्राविधिक हिसाबले काम गर्न कठिनाई भएकोले जलकुम्भी झार तालमा देखिएको आयोजना प्रमुख गोदारले बताए। करिब दुई साता अघि पोखरा महनगरपालिका वडा नम्बर ६ का वडा सदसइ हरिकृष्ण पहारी सहितका टोलीले करिब दुई साता जसो निरन्तर रुपमा फेवातालबाट जलकुम्भी झार फालेको भए पनि हाल पुनः तालमा जलकुम्भी झार देखिएको छ । विगत तीन दीन देखि पुनः जलकुम्भी झार हटाउने अभियानमा महानगरपालिका लागेको गोदारले जनाए ।

तालबाट जलकुम्भी फाल्दा तालको किनारा भागमा थुपार्नु परेकोले उक्त झारलाइ कसैले कुनै प्रयोजनको लागि लैजान सक्ने महानरपालिकाले सुचना नै जारी गरी आव्हान गरेको छ । फेवाताल संरक्षणका नाममा स्थापना भएका धेरै संघ संस्थाहरुले फेवातालको दिगो रुपमा संरक्षण तथा सर्बद्धनमा लागेको पाइदैन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button