म्याग्दीको दीपक माविलाई ३ लाख सहयोग

पोखरा न्यूज -०४, भदौँ ।

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ ।

पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सकेका शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिए ।

मनप्रसाद, उनकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरेका छन् । सोही अवसरमा रु ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आइतबार सम्मान गरेको छ ।

विद्यालयमा खेलमैदान निर्माण

यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा खेलमैदान निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा अमर माविको परिसरमा स्थानीयवासीले पक्की खेलमैदान निर्माण गरेका हुन् । १३ मिटर चौडाइ र २३.५ मिटर चौडाइ भएको ढलानसहितको पक्की खेलमैदान निर्माण भएको प्रधानाध्यापक पृथबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाको रु सात लाख ५९ हजार अनुदान र स्थानीयवासीको रु दुई लाख १३ हजार बराबरको श्रमदानमा खेलमैदान निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button