अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

पोखरा न्यूज -०४, भदौँ ।

इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए ।

आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य तथा टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेट पश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए । अध्यक्ष दाहालले आफू पनि टेबुलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको मेनेजर शाहीले बताए ।

सो खेलमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल प्रशिक्षकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुँदै छन् । शनिबारदेखि शुरु भएको एशियाली खेलकूदमा नेपाल सहित ४५ राष्ट्रले भाग लिइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button