पूर्व राजदूत झा मृत फेला

पोखरा न्यूज -०४, भदौँ । 

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन्। काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहर महल स्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन्।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”उनले भने ।

मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख लामाले बताए ।

झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएक थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button