पुष्पा केसी मृत्यु प्रकरणको यथासिघ्र सत्य तथ्य छानबिन गर्न मेयर जिसीको माग

पोखरा न्यूज – ११, भदौ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ की १३ वर्षीया बालिका पुष्पा केसी मृत अवस्थामा फेला परेको घटनाप्रति महानगरका प्रमुख मनबहादुर जिसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रमुख जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विद्यालयबाट घर फर्किदाँ गत बिहीबार बाटैबाट बेपत्ता भई भोलिपल्ट भदौ ८ गते मृत अवस्थामा बालिका फेला परेको घटनाले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् । ‘परिवारजनमा परेको यो असह्य पीडाप्रति समवेदना प्रकट गर्दछु ।,’ मेयर जिसीको विज्ञप्तिमा भनिएको छ ।

बालिका दिन दहाडै बेपत्ता भई मृत अवस्थामा फेला पर्नुले सुरक्षा चुनौती बढाएको महसुस भएकाले यसप्रति सम्बन्धित निकायको प्रमुख जिसीले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् ।

पुष्पा केसी मृत्यु प्रकरणको यथासिघ्र सत्य तथ्य छानबिन गरी जनसमक्ष ल्याइ, यदी घटनामा कोेही संलग्न भएको पाइएमा दोषीलाई कडा कारबाही गर्न विज्ञप्तिमा प्रमुख जिसीले जोडदार माग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button