पोखराका हस्पिटलले रात साँझ सेवा दिदैननः मन्त्री लम्साल

डीएनबी, पोखरा न्यूज – १४, भदौ  ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराका हस्पिटलहरुले  रात साँझ  सेवा नदिएको बताएका छन। ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १२ औं अधिवेसन एवं २१ औं बार्षिक साधारण सभाको आज विहिबार पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले पोखराका हस्पिटलहरुले रात साँझमा जनतालाई आवश्यक सेवा दिन नसकेको बताएका हुन ।

उनले भने “ हामी संघियतामा  गएपछि हामीले सवै सेवा यस क्षेत्रबाटै पाउनु पर्छ भन्ने नै हो तर पोखरा क्षेत्रका हस्पिटलहरुले रात साँझमा आवश्यक सेवा दिन सक्दैनन, यसमा जनता पनि मौन छन । ” कुनै व्यक्तिको मृत्यु भएर केहि दिन शव राख्नु पर्दा पोखरामा दुई दर्जन भन्दा बढी हस्पिटलहरु हुदा त्यसको व्यबस्थापन गर्न यहाँ कठिन भएको एक प्रंशङग कोट्याउदै मन्त्री लम्सालले दर्ता हुदा जुन उद्धेश्यले सेवा दिन्छु भनेर दर्ता भएका हस्पिटलहरुले हाल पैसा कमाउने तर्फ मात्र केन्द्रित भएको आरोप लगाए । उनले भने “हामी यति वेला कानुन निमार्ण र यहाँको बस्तु स्थिती बुझ्दै छौं, अबको केहि समय पछि हामीले जुन उद्धेश्यले स्थापना भएको छ सोहि अनुरुप काम गर्नुपर्छ अन्यथा हामी कारवाही गर्न बाध्य हुने छौं । ”

आफ्नो मन्त्रालयमा ३ अर्व १० करोडको बजेट भएको उल्लेख गर्दै मन्त्री लम्सालले पर्यटन प्रबद्र्धन गर्न स्पष्ट निती सहित निजी क्षेत्रले सहकार्य गर्न आए उक्त बजेट पर्यटन प्रबद्र्धनमा खर्च गरिने बताए । उनले भने “ गण्डकी प्रदेशको पर्यटन प्रर्बद्धन गर्न निजी क्षेत्र भिजन सहित, धेरैलाई रोजगारी दिने बृहत योजना सहित आएको खण्डमा पर्यटन प्रबद्र्धन हुने कुनै पनि प्रोडक्टमा हामीले पनि आबश्यक सहयोग गछौं, हामीसंग बजेटको अभाव छैन । ”

आउदो असोज महिना भित्र यस प्रदेशका पर्यटकीय गन्तव्य सहितको यहाँका प्राकृतिक तथा सांस्कृतिक महत्व रहेका बिषय बस्तुहरुको खोजि निती गरी संकलन गर्ने भएको मन्त्री लम्सालले बताए ।

उनले भने “कसरी यस प्रदेशमा चाईनिज र भारतिय पर्यटहरुलाई हामीले पोखरा भित्राउन सकिन्छ त्यसको बारेमा हामीले अध्ययन गर्दै छौ, २० करोड चाईनिज पर्यटन भ्रमणमा निस्कने गरेका छन भने भारतिय करिब ५ करोड विदेश भ्रमणमा निस्कदै गर्दा ती पर्यटकहरुलाई हामीले किन विश्वकै उत्कृष्ट मध्यको एक पोखरामा नयाउने, यस तर्फ प्रदेश सरकार गम्भिर भएको छ । ” प्रदेश सरकारले सन २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखि रहदा अब पोखरा मात्र केन्द्रित हुने गरी पर्यटन प्रर्बद्धन गरेर नहुने बताउदै मन्त्री लम्सालले बृहत पोखराको अबधारणा पोखरा वरिपरि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे । पोखरामा नेचर र कल्चरको सम्भावना उतिकै भएकोले आएका पाहुनाहरुलाई पोखरा क्षेत्रको वसाई लम्बाउने गरी पर्यटनका विभिन्न गतिविधि गर्नुपर्ने मन्त्री लम्सालले बताए । पोखराका हस्पिटलहरुले आवश्यक सेवा दिन नसकेको गुनासो गर्दै मन्त्री लम्सालले अब हरेक क्षेत्रलाई आफ्नो उद्धेश्य अनुरुप काम नगर्ने उपर कारवाही गर्ने मन्त्री लम्सालले चेतावनी दिए । पोखरा क्षेत्रमा ५५ भन्दा बढी सहासिक पर्यटनका गन्तव्य रहेको उनले दाबी गरे । आगामी चैत्र भित्र लगानी सम्मेलनको तयारी भएको उनले जनाए ।

गण्डकी प्रदशेका सांसद विन्दुकुमार थापाले पोखरा महानगरपालिकाले जनताको ढाँड सेक्ने गरी एकिकृत सम्पति करको दर बृद्धि गरेर आरोप लगाए । मालपोत कार्यालयले घर जग्गाको मुल्याङकन बृद्धि गर्दैमा महानगरपालिकाले त्यसको आधारमा करमा बृद्धि गर्न नहुने उनको भनाई थियो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पदमार्गको खोजि गर्नुपर्नेमा जोड दिदै केहि व्यवसायिहरुले अझै पनि कर छलि गरेको आरोप लगाए ।

टेसा पोखराका अध्यक्ष नारायाण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पर्यटन वोर्डका पुर्व सदस्य गणेश भट्टराई, पोखरा उद्योग बाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, टेसाका उपाध्यक्ष नारायण सापकोटा, सचिव प्रमोद भण्डारी लगाएतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button