पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी नेतृत्वको प्यानल घोषणा

आफ्नो प्यानल समावेसी भएको अधिकारीको दाबी

डिएनबी, पोखरा  न्यूज – १७, भदौ ।

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औँ महाधिवेशनमा दामु अधिकारीले आफ्नो नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । संघका महासचिव समेत रहेका अधिकारीले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरु व्यवसायिक ढंगले समावेसी भएको भन्दै १७ सदस्य टिम सहित अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन।

अधिकारीले आफ्नो टिममा पदाधिकारी सहितको १७ सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन भने बाँकी केहि पदको लागि खुल्ला राखिएको जनाएका छन् । अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेका छन।

पोखराको जेठो संस्था पोखरा उद्योग बाणिज्य संघ माथि अध्यक्षका अर्का प्रत्यासी रविन्सन प्रजुले राजनीतिक घुसाएकोे आरोप लगाउदै अधिकारीले आगामी दिनमा पनि संघभित्र प्रत्यक्ष राजनीति गरे आफुहरुलाइ सह्य नहुने बताए । उनले भने “ उद्योगी व्यवसायीहरुको साझा संस्थाको गरिमामा आँच आउने कुनैपनि गतिविधि संघभित्र हुनुहुँदैन भन्ने मान्यता हामीले राख्दै आइरहेका छौं, नचाहँदा नचाहँदै संघभित्र प्रत्यक्ष राजनीति घुसेको देख्दा हामी चिन्तित छौं । ” आफुहरुले धेरै समयको कसरतबाट धेरै बस्तुगत ढंगले र क्षेत्रगत रुपमा टिम समावेसी गरेको उल्लेख गर्दै अधिकारीले आगामी दिनमा संघको गरिमा बढ्ने आधार सहित नयाँ टिम बन्ने आफुहरुलाई विश्वास दिलाएमा आफ्ना टिमका कुनै पनि पदाधिकारीले उम्मेदवारबाट नाम फिर्ता लिने दावा गरे ।

अधिकारीले उम्मेदवारी घोषणाा संगै १७ बुंदे प्रतिवद्धता समेत व्यक्त गरेका छन। सहजता तथा आत्मसम्मानपूर्वक उद्योग/व्यवसाय गर्ने वातावरण निर्माणको लागि क्रियाशील रहने, पोखरा उद्योग वाणिज्य संघले अंगिकार गर्दै आएको ‘सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय’को मूल मन्त्रलाई आत्मसात गर्दै समग्र पोखराको आर्थिक उन्नयनमा हातेमालो गर्ने, संघ, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गर्दै व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान एवं आर्थिक उत्थानका निम्ती साझेदारीको लागि प्रयत्नशील रहने, गण्डकी प्रदेशको केन्द्र पोखरालाई कृषि, पर्यटन र साना तथा मझौला उद्योगको हब बनाउँदै आत्मनिर्भर अर्थतन्त्र सहित यहाँका उत्पादनहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार बिस्तारको अभियान संचालन गर्ने अधिकारीले प्रतिवद्धता व्यत्त गरेका छन।

त्यसै गरी पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको शिक्षा, स्वास्थ्य र पर्यटनको शहर भन्ने मूल नारालाई व्यवहारिक कार्यान्वयन गर्ने जमर्को गर्ने, उद्योगी/व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता विकास गर्न आवश्यक पर्ने तालीम, गोष्ठी तथा अवलोकन भ्रमणहरुको व्यवस्थापनमा खट्ने, पोखरा उद्योग वाणिज्य संघलाई साना÷ठूला लगानीकर्ताहरुको साझा मञ्च बनाउँदै संघका सेवाहरुलाई प्रविधिमैत्री तथा द्रूत सेवाको अवधारणा अनुरुप विकास गर्ने, प्रशासनिक तथा कर प्रशासनबाट यदाकदा ब्यहोर्नु पर्ने समस्याको मुकाबला गर्न सदैव तत्पर रहने, व्यवसायीको दैनिक जीवनमा आइपर्ने समस्या समाधानको लागि हामी २४सै घण्टा उपलब्ध हुने प्रतीज्ञा, अन्तर्राष्ट्रिय सहरको स्वरुप ग्रहण गर्दै गरेको पोखराको समग्र विकासको लागि पैरवी र दवाबमूलक कार्यलाई निरन्तरता दिने, सरोकारवाला संस्था तथा निकायसँग समन्वय गर्दै पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न क्रियाशील रहने, समग्र पर्यटन प्रबर्द्धनका निम्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पोखरालाई पर्यटकीय शहरका रुपमा चिनाउनका लागि सेतुको भूमिका निर्वाह गर्ने, गण्डकी प्रदेशको राजधानी पोखरामा आन्तरिक तथा बाह्य क्षेत्रका लगानी भित्र्याउन  निरन्तर क्रियाशील रही राज्यसँग सहकार्य गरी लगानीमैत्री वातावरण तय गर्न लागि पर्ने, प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने लगायतका प्रतिवद्धता  अधिकारीले उल्लेख गरेका छन।

यसै बिच उता बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले एउटा छुट्टै प्यानल बनाएका छन। अध्यक्षका प्रत्यासीका प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन। प्रजु पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत हुन भने उनी नेपाली कागेंसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

संघको महाधिवेशन नजिकीदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन अधिकारी र प्रजुले आ–आफ्नो प्यानल सहितको टिम बनाएर चुनार्वी मैदानमा उत्रिएका छन। दुबै टिमले आफुहरुको एक आपसमा समावेसी टिम भनि दाबी गरीरहदा एक आपसमा संघमा राजनीतिक घुसाएको आरोप लगाएका छन। अधिकारी प्यानलमा बामपन्थी धारका व्यक्तिहरु देखिन्छन भने प्रजु प्यानलमा लोकतान्तिक धारका व्यक्ति देखिन्छन ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निवार्चित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । संघमा ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button