लामाचौर महोत्सवमा विभन्नि झाकी प्रर्दशन हुन्छ : सांस्कृतिक संयोजक थापा

पोखरा न्यूज- १९, भदौ ।

पोखराको लामाचौरमा यही भदौं २३ देखि २७ गतेसम्म २२ औं संस्करणको लामाचौर तिज महोत्सव एवं राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । नव आर्दश सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त महोत्सवमा विभिन्न खेलकुद सहितका सांस्कृतिक कार्यक्रमहरु समेत संचालन हुने भएका छन। यसै बिषयमा हामीले समाजका पुर्व अध्यक्ष एवं महोत्सवका सांस्कृतिक संयोजक दीलबहादुर थापासंग गरेको छोटो कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौ ।

यसपालिको लामाचौर तिजे महोत्सवमा के कस्ता सांस्कृतिक बिषय बस्तुलाई समेट्नु भएको छ ?

हामीले विगतका कार्यक्रमहरु सहित यस बर्ष थप केहि आकर्षणका कार्यक्रमलाई समेट्दै छौं । अपाङगहरुलाई समेत समेट्नको लागि अपाङग स्वाभलम्वन समिति छ लामाचौरमा उनीहरुसंगको समन्वयमा हामीले पहिलो दिन भदौं २३ गते बहिरा महिला एकल नृत्य प्रतियोगिता आयोजना गर्दै छौं। आमा, दीदी बहिनिहरुको महान पर्व हरितालिका तिज पर्वको मर्मर भावना अनुसार मनाउदै मनोरन्जन दिलाउनका लागि समुहगित नृत्य प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, तिज गित प्रतियोगिता, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ । राष्ट्रिय कलाकारमा मन्जु पौडेल, चन्द्र शर्मा, पविता वानिया (देवि), शंकर क्षेत्री, शान्ति श्री परियार, सम्झना भण्डारी, सवन्त थापा, दिपक खड्का चोलेन्द्र पौडेल लगायतका कलाकारहरुलाइ हामीले निम्तो गरेका छौं । उहाँहरुले पाँच दिने महोत्सवमा फरक फरक ढंगले विभिन्न कार्यक्रम प्रस्तुती राख्नु हुनेछ । यस बर्षको महोत्सवमा गण्डकी प्रदेशमा हुने विभिन्न झाँकी समेत प्रदर्शनी गर्ने तयारीमा रहेका छौं ।

लामाचौर देखि करिब ८ सय मिटरको दुरीमा वाटुलेचौरमा पनि तिजे मेला एकै समयमा संचालन भई रहदा लामाचौरमा हुने तिजे महोत्सवमा दर्शक किन आउने ?

हामीले २०५४ भदौं ८ गते तत्कालिन नव आर्दश क्लव स्थापना भएसंगै हामीले आफ्नो क्लवको बार्षिकोत्सवको अवसरमा महिलाहरुको महान पर्व हरितालिका जित पर्वलाई हामीले पनि आफ्नो ढंगले मनाउनु पर्छ भन्ने मान्यताले सुरु भएकोले गर्दा हाम्रो महोत्सवको आफ्नै महत्व रहेको छ । हामीले महिलाहरुलाई तिजमा गित गाउने रमाउने मात्र नभई उनीहरुको विभिन्न खेल क्षेत्रमा शशक्त्तिकरण गर्न अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल संचालन गर्दै आउने क्रममा २०६८ साल देखि हामीले राष्ट्रिय स्तरकै महिला राष्ट्रिय भलिवल प्रतियोगिता सुरु गर्यौं । सम्भवत पोखरामा छात्रा महिला भलिवल प्रतियोगिता हामीले नै सुरुवात गर्यौं । हरेक बर्ष दर्शकहरुलाई फरक पन दिन हामी तत्पर रहेका कारण हामीले अपेक्षा गरे भन्दा बढी नै दर्शकहरुको आगमन हुने गर्छ त्यो हामीले यस बर्ष पनि त्यस्तै अपेक्षा गरेका छौं ।

पछिल्लो समयमा तिजको नाममा बढी तडक भड्क र उश्रृङखला हुने गरेको आरोप आई रहेको अबस्थामा कतै महोत्सवमा त यस्तो विकृति भित्रिएको छैन ?

हरेक कार्यक्रम हुदा यस्ता कुरा आउने गर्दछन । केहि हदमा यस्तो केहि न केहि ढंगले भित्रिएको हामीले महशुस गरेका छौं तर यसलाई न्यूनिकरण गर्दै जानुपर्छ । जुन उद्धेश्यले स्थापना भएको महोत्सव हो त्यसको साख नगिरोस भन्ने उद्धेश्यले हामीले यसलाई नियन्त्रण भने गरेका हुन्छौं । परम्परागत गितहरु भने नहराउन भन्नको लागि हामीले तिज गित प्रतियोगिता जसलाई मौलिक परम्परालाई पहिलो प्रथामिकता दिने गरेका छौं । राजनीतिक लान्छना र व्यक्ति बिशेषलाई ईकिंत गरी गित प्रस्तुतः गर्न बन्देज गर्ने गरेका छौं । आफुमा घटेका समसामहिक बिषय बस्तुलाई हामीले गित मार्फत प्रस्तुत गर्न आमा तथा दीदी बहिनीहरुलाई आग्रह गर्दैै आएका छौं । लामाचौर तिज महोत्सवमा सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button