Pokhara News

पोखरामा मोबाइल मेला जारी, ३ दिनमा ३६ लाखको कारोबार

प्रतिकात्मक तस्बिर

पोखरा न्यूज- १९, भदौ ।

गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा टावर प्रालिमा मोबाइल मेला जारी छ । आइतबारबाट सुरु भएको मेलाका ३ दिनमा ३६ लाख कारोबार भएको छ भने करिब २ हजार बढीले मेला अवलोकन गरेको पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए ।

एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पर्याप्त पाकिङ भएको बजार महेन्द्रपुलमा सञ्चालनमा आएको हो । सबै ब्रान्डका मोबाइल बक्री तथा सेवा उपलब्ध हुने भएकाले दर्शकको आगमन बढ्दै गएको प्रालिका सचिव नारायण सुवेदीले बताए ।

मेलामा हरेक दिन ५ जनालाई सान्त्वना पुरस्कार दिने गरिएको छ । मंगलबार सम्म लक्की ड्रमार्फत १५ जना सान्त्वना पुरस्कार पाउने ग्राहकको नाम सार्वजनिक गरिएको छ । मेला भदौ २७ गतेसम्म चल्नेछ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट दिइएको छ । मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइनेछ भने मेलाकै सहभागी मध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइएको छ ।

अन्य खबर

पोखरामा करिब १ करोडको कारोबार गर्दै मोबाइल एक्स्पो सकियो

पोखरा न्युज

पोखरामा आइतबारबाट मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुटको व्यवस्था

पोखरा न्युज
खुल्दैछ.......