नेपाली मौलिक परम्परामा तिज मनाउन सांसद गुरुङको आग्रह

पोखरा न्यूज – २०, भदौ ।

गण्डकी प्रदेशका सांसद मीना गुरुङले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाइ नेपाली मौलिक परम्परा अनुसार नै मनाउन आग्रह गरेकी छन। नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार पोखरामा आयोजना गरेको हरितालिका तिज उत्सवको उद्घाटन गर्दै पछिल्लो समयमा तिज पर्वमा मौलिक पन गुम्न लागेकोमा चिन्त्ता व्यक्त गर्दै नेपाली मौलिक परम्परा अनुसार तिज पर्वलाई मनाउन आग्रह गरेकी हुन।

पत्रकारिता पेशा आफुलाई समेत मन पर्ने गरेको बताउदै उनले पत्रकारितामा राजनीति र जातिय विभेद अन्त्य हुनुपर्नेमा जोड दिइन । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस स्वतन्त्रताका सेनानी नारायण भट्टराई, महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, उपाध्यक्ष शान्ति गुरुङ, डव्लु डव्लु जेका अध्यक्ष सरिता तिमिल्सिना, महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले वोलेका थिए ।

यसैबिच, तिज उत्सवमा आयोजना भएको नृत्य प्रतियोगितामा  कविता श्रेष्ठ उत्कृष्ट घोषित भइन । त्यसैगरी दोश्रोमा एलिजा क्षेत्री, तेश्रोमा तारा चापागाई र शान्त्वनामा द्धय विनिता सुनार र सरिता तिमिल्सिना घोषित भएका छन । त्यस्तै कुर्चि रेस प्रतियोगितामा कन्चन थापा विजेता भइन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button