लामाचौर तिज महोत्सव पृथक महोत्सब हो – प्रचार संयोजक भण्डारी

पोखरा न्यूज – २१, भदौ ।

पोखरा महानगरपालिका १६ स्थित लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा यही भदौ २३ देखि २७ गतेसम्म लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा २२ औं संस्करणको लामाचौर तिज महोत्सव एवं राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना हुदैछ । उक्त महोत्सवको बारेमा के कस्तो ढंगबाट प्रचार प्रसार भइरहेको छ भनी हामीले महोत्सवका प्रचार संयोजक धर्ममानसिंह भण्डारीसंग गरेको कुराकानीको संक्षिप्त अंश  यहाँ  प्रस्तुत गरेका छौ ।

शनिबार देखि सुरु हुने महोत्सवको प्रचार प्रसार कस्तो भइरहेको छ ?

शनिबार देखि लामाचौरमा सुरु हुने लामाचौर तिज महोत्सवको प्रचार प्रसार व्यापक भएको छ । यसको लागि हामीले विभिन्न संचार माध्यमहरुलाई सिमित सुचना सामाग्रि उपलब्ध गराएर, केहि सामाजिक संजाल मार्फत, केहि चिठी पत्र तथा केहि तुल व्यानर सहित स्वागत गेटबाट पनि हामीले महोत्सवको प्रचार प्रसार गरेका छौं । हामीले उक्त महोत्सव सम्पन्न गर्नका निम्त्ति विभिन्न उपसमितिहरु समेत गठन गरी उनीहरुले आ–आफ्नो ढंगले काम गरेको हुनाले पनि त्यसबाट पनि केहि प्रचार प्रसार भएको हामीले महशुस गरेका छौं । हामी तयारीको लगभग अन्तिम तयारी भएको अबस्थामा छौं ।

प्रचार प्रसारको कुरा गर्दा पहिले र अहिले प्रचार प्रसार गर्ने कुनै परिपार्टी बदलेका छौ की पहिलाकै अस्थाबाट गुज्रिदै छौं ?

हो, हामीले समय सापेक्ष उक्त महोत्सवको प्रचार प्रसार गर्ने परिपाटीमा परिवर्तन गर्दै आएका छौं । पहिला बढी चिठी पत्र र छापा संचार माध्यमहरुलाइ हामीले बढी प्रथामिकता दिने गरेको भएता पनि पछिल्लो क्रममा सामाजिक संजाल, अनलाइन मिडिया, पत्रपत्रिका, रेडियो, टिभि लगायतका संचार माध्यमलाई भरपुर  रुपमा सहकार्य गर्दै केहि व्यानर र गेटबाट पनि प्रचार प्रसार गर्ने माध्यमको रुपमा प्रयोग गरेका छौं । बिद्यमान संचारका अधिकाशं सम्साधनलाई प्रचारको रुपमा प्रयोग गरेका छौं ।

महोत्सवको लक्षित बर्ग को हुन र कहाँसम्म हो ?

हामी गण्डकी प्रदेशको राजधानिमा रहेकोले गर्दा हाम्रो मुख्य लक्षित बर्ग भनेकै यस प्रदेशमा रहेका युवा युवतीहरु नै हाम्रो मुख्य लीक्षत बर्ग हुन । किन भने हामीले तिज महोत्सवको नाममा तिज सम्बन्धि नाचगाँन र दर खुवाउने कार्यक्रम मात्र गर्दैनौं । हामीले महिलाहरुलाई विभिन्न खेलका माध्यमबाट शसक्तिकरण गर्दैै खेलकुदबाट पहिचान बनाउन खोजेका हौं । हामीले अन्तरबिद्यालय स्तरिय छात्रा भलिवल हुदै केहि बर्ष देखि राष्ट्रिय स्तरकै महिला भलिवल प्रतियोगिता गर्दै आएका छौ । गण्डकी प्रदेशका कम्तिमा ८ जिल्लाका दर्शकहरुको महोत्सवमा उपस्थिती हुने हामीले अपेक्षा गरेका छौ ।

तिजको अवसरमा तिजे मेला र महोत्सवको भिडमा लामाचौर नै दर्शक किन आउने त ?

मुख्य त हरितालिका तिज पर्व महिलाहरुको महान पर्व हो । हाम्रो सस्थाले  स्थापना देखि नै महिला लक्षित विभिन्न कार्यक्रमहरु पस्किदै आएको  हुदा हाम्रो कार्यक्रममा अन्य मेला र महोत्सवको बाबजुत पनि दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि हुने गरेको पाउछौं । हामीले मुल गेटमा प्रबेश टिकटको व्याबस्थापन गर्दैनौ, बिषेश कार्यक्रम राष्ट्रिय महिला भलिवल प्रतियोगिताको मात्र हामीले टिकट शुल्क लिने गर्दछौ। खेलाडीहरुको पुरस्कार र हौसलाको निम्ति मात्र हामीले भलिवलमा मात्र टिकटीङको व्यबस्था गर्न बाध्य भएका छौ। गित संगितका माध्यमबाट मनाइदै आएको तिज पर्वलाई समय परिस्थिती अनुसार महिला शसक्त्तिकरण गर्नको निम्ति पनि हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौ। जसका लागि हामीले यो महोत्सब्लाई पृथक हिसाबले संचालन गर्दै आएका छौ । हामीले मौलिक परम्पराको उजागर गर्दै त्यसको संरक्षण गर्दै पर्बकै अवसरमा महिला  शसक्त्तिकरणका लागि जागरुक बनाउन लागिपरेका छौ । जुन कुरालाई स्थानीय जनता, सामाजिक व्यक्तित्व र  संघ सस्था, बिदेशमा रहनुभएका महानुभावहरु सबै सबैले सकारात्मक रुपले साथ समर्थन दिदै आउनुभएको छ । महोत्सबमा नाचगान संगै खेलका विभिन्न आयामबाट समेत मनोरंजन प्रदान गरिने हुदा यो महोत्सबमा दर्शक आउनुहुन्छ ।

लामाचौर वाटुलेचौर एक पर्यटकीय दृष्टिले समेत अति रमणिय स्थल भएपनि किन हाम्रा यस्ता मेला महोत्सवले त्यस्ता पर्यटकीय गन्तव्यलाई छुन नसकेको ?

पोखरा महानगरपालिका १६ र १९ वडालाइ हामीले प्राकृतिक छटाको रुपमा लिएर यस्ता मेला र महोत्सवमा समेट्न भने नसकेकै हो । महेन्द्र गुफा, चमेरे गुफा लगायतका प्राकृतिक श्रोतहरुलाई हामीले यस्ता मेला तथा महोत्सवमा केहि हदसम्म प्रचार सामाग्रि बनाउदा समेट्ने गरेका छौ। प्राकृतिक र साँस्कृतिक धरोहरलाई हामीले संरक्षण गर्नु पर्छ भन्दै हामीले आफ्नो ढंगले लागेका छौ । तिज अंक बिषेशांक पनि हामीले प्रकाशन गर्दैछौ त्यसमा पर्यटकीय क्षेत्रलाई हामीले समेटेका छौ ।

लामाचौर महोत्सवले समाजलाई कस्तो सहयोग पुर्याएको छ त ?

यो महोत्सबको उधेश्य महिला नेतृत्व विकास र महिला शसक्त्तिकरण गर्नु हो । धेरै आयामहरुलाई मुखरित गर्ने महिला शसक्तिकरण र महिला नेतृत्वको हृदयमा जब प्रस्फुटन हुन्छ तत्पश्चात ती महिलाले समाजका हरेक क्षेत्रमा आफुलाई अव्वल सावित गर्ने गर्दछन । आत्मविश्वास राख्ने गर्दछन । धेरै महिलाहरु यस प्लेटफमबाटै समाजका धेरै क्षेत्रमा सक्षमता पुर्वक अघि बढेको पाईन्छ । यस संस्थाले विभिन्न पद र नेतृत्व सम्हाल्न सक्ने महिलाहरु उत्पादन गराएको छ । महिला नेतृत्व विकास र महिला शसक्त्तिकरणले समग्र समाजलाई नै अग्र दिशामा लैजाने हुदा समाजमा यसले राम्रो योगदान पुर्याउने हामीले बिश्वाश लिएका छौ

प्रस्तुति-  डिएनबी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button