कर्णाली प्रदेशका मुख्य मन्त्री बाहेक सवै मुख्य मन्त्री पोखरामा

प्रदेश ५ का मुख्य मन्त्री बाहेक सवै मुख्य मन्त्रीको संघिय सरकार प्रति गुनासो

डिएनबी, पोखरा न्यूज- २२, भदौ । 

कर्णाली प्रदेशका मुख्य मन्त्री बाहेक सबै प्रदेशका मुख्य मन्त्री पोखरामा भेला भएका छन। यही भदौ २४ गते हुने प्रदेश समन्वय परिषद्को बैठकको तयारी स्वरुप सबै प्रदेशका मुख्यमन्त्रीहरु पोखरा भेला भएका हुन। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्यमा समस्या भएका कारण बैठकमा सहभागि हुन सकेनन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल बाहेक सवै जसो मुख्य मन्त्रीले संघिय सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे । लोक सेवा आयोग, कर्मचारी समयमै पठाउनु, आवश्यक संरचना देऊ, प्रदेश प्रहरी, वित्त बाँडफाँट लगायतका बिषयमा संघिय सरकार समक्ष माग राख्दा हालसम्म सुनुवाई नभएको भन्दै मुख्य मन्त्रीहरुले एकै स्वरमा संघिय सरकार समक्ष गुनासो गरेका हुन।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आईसकेपछि केन्द्र सरकारको प्रतिनिधीको रुपमा रहने सिडियो आवश्यक नभएको बताए । उनले सुरक्षाका बिषयमा पनि केन्द्र सरकारले हस्तक्षेप गरेको आरोप लगाए । मुख्य मन्त्री गुरुङले सबै कार्यालयहरु स्थानीय तहमा समायोजन भैसकेको अबस्थाम सुरक्षाका बिषयमा पनि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले संघ सरकारमाथी चौतर्फी घेराबन्दी भएको दाबी गरे । उनले भने “प्रदेश सरकारले गति लिन सकेन, संघीयताको औचित्यमाथी नै प्रश्न आउन थालेको छ ।” प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ संघीयताको जननी भएको दाबी गरे । उनले भने “ हाम्रै कारण संघीयता आयो, पालनपोषण गर्ने दायित्व पनि हाम्रो हो, हामी स्थापीत गर्छौं । ”

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथीबाट विकेन्द्रिकरण गर्नुपर्नेमा तलका अधिकार पनि खोस्ने काम भएको गुनासो गरे । उनले भने “हामी संकटमा छौं , हामीसँग चुनौति छ, यसलाई संस्थागत गर्ने जिम्मेवारी हो, प्रदेश र स्थानीय तहको अधिकार पनि संघ सरकारले कब्जा गरेको छ ।” प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार अधिकार सम्पन्न भएको दाबी गरे । उनले भने “अधिकार सम्पन्न प्रदेश सरकारलाई विभिन्न कोणबाट अनावश्यक टिका टिप्पणी गर्न हुदैन। ”

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार गठन भएको छोटो समयमै असफलताको टिप्पणी गर्नेहरु सलबलाउन थालेको गुनासो गरे । उनले भने “ प्रदेश सरकार र संघीयता माथी नै प्रहार हुन थालेको छ, संघीयता चमत्कार भनेर सुरुमा प्रचार गर्नेहरु नै अहिले यसको असफलताका लागि पछि परेका छन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button