पोखराको रामघाट क्षेत्र जलमग्न, नदि तालमा परिणत

गणेश बराल, पोखरा न्यूज – २६, भदौ । 

पोखरामा लगातारको वर्षातका कारण रामघाट क्षेत्र डुवानमा परेको छ ।

हिजो देखि परेको अविरल वर्षातको कारण रामघाट स्थित सेती नदीको वहाव बढेपछी रामघाट क्षेत्र तालमा परिणत भएको छ । लगातारको बर्षात पश्चात नदीले लेदो माटो सहित काठका मुढा र गेग्रान  रामघाट क्षेत्रको साँघुरो निकासमा थुपारेपछी  रामघाट क्षेत्र जलमग्न भएको हो । सो क्षेत्रमा चार वटा असस्थायी टहरा डुबानमा परेको र उनीहरु अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले रामघाट क्षेत्रमा पानीको बहाब घट्ने क्रममा रहेकाले थप डुबानको सम्भाबना नरहेको एसपी रानाले बताए । यद्यपी बर्षातको समय रहेकाले थप पानि पर्ने सभ्वाबना  रहेको  जनाउदै सतर्कता अपनाउन  सबैलाई कास्की प्रहरीले आग्रह गरेको छ ।

बर्षात संगै फेवातालको सिरानमा रहेको हर्पन खोलाले लेदो सहितको माटो बगायर ल्याउदा ताल धमिलो भएको छ । बर्षात पछी पोखरा क्षेत्रका डेभिड फल, फुर्सेखोला लगायतका विभिन्न खहरे  खोलाहरुमा पानीको बहाब बढेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button