पुम्दी भुम्दीको शुक्रराज मा.वि.मा बुधबार खुल्ला तिज गित प्रतियोगिता हुने

पोखरा न्यूज-  २६, भदौ । 

पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको शुक्रराज मा.वि.मा बुधबार  हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ । बिद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा नेपाली महिलाहरुको महान महान पर्व हरितालिका तिज पर्वको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिने भएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ७ हजार, तेश्रो हुनेले ५ हजार र सान्त्वना हुनेले पुरस्कार स्वरुप ३ हजार रुपैया प्राप्त गर्ने भएका छन। गरिमा विकास बैँकले प्रथम पुरस्कार प्रायोजन गरेको छ ।

बिद्यालयमा तिज गित प्रतियोगिताको साथमा छेलो प्रतियोगितार घैँटो फुटाउने प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरु हुने भएको प्राचार्य बरालले जनाए । बिद्यालयले यस बर्ष स्वर्ण महोत्सव अन्र्तगत विभिनन कार्यक्रमको आयोजना गरी मनाउदै छ ।

बिद्यालयमा हाल नर्सरी देखि १० कक्षा सम्म अग्रेंजी माध्यमबाट अध्यापन हुने गरेको छ भने प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय गरी करिब ४ सय जना बिद्यार्थीहरु रहेका छन।

बिद्यालयमा हाल शिक्षक कर्मचारी गरी ३६ जना रहेका छन। बिद्यालयले  कक्षा एक देखि पाँचसम्मका विद्यार्थीहरुलाई निः शुल्क शैशिक सामाग्रि उपलब्ध गराउदै आएको छ भने खाजाको समेत व्यबस्था गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button