प्रदेश सरकारद्धारा प्याराग्लाइडिङका पदकधारी खेलाडीलाई नगद सहित सम्मान

डिएनबी, पोखरा न्यूज -२६, भदौ ।

गण्डकी प्रदेश सरकारले इण्डोनेसियामा हालै सम्पन्न भएको १८ औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले मंगलबार एक समारोहका बिच ५ जना पदकधारी खेलाडीलाई जनही एक/एक लाख सहित सम्मान गरेको हो भने २ जना प्रशिक्षक एवं व्यबस्थापकलाइ भने जनही २५ हजार सहित सम्मान गरेको हो । गण्डकी प्रदेश सरकारको यस अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल विशेषतः नेपालकै प्रतिनिधित्व गरेको पोखरेली प्याराग्लाइडिङ खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार गण्डकी प्रदेश सहित राष्ट्रको नाम उचो पार्न सहयोग गरेको भन्दै सामाजिक विकास मन्त्रालयले खेलाडीहरुको हौसला रुवरुप सम्मान गरिएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले बताइन।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ, मन्त्री पुन लगायतले खेलाडीहरुलाई सम्मान पत्रको साथमा दोसल्ला, अविर, माला लगाउदै नगद सहित सम्मान गरेका हुन। सम्मानित हुने खेलाडीहरुमा कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेका छन । त्यसै मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत रहेका छन।

त्यस्तै टिमम सहभाागि महिला तीन जना खेलाडीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेका छन । सोही समारोहमा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइङि संघलाई समेत सम्मान गरिएको छ ।

मुख्य मन्त्रि गुरुङले प्याराग्लाइडिङ खेलको थप विकास र विस्तार गर्न आवश्यक सहयोग गर्ने बताए । मुख्यमन्त्री गुरुङले राष्ट्रकै गरिमा बढाउन पोखरेली खेलाडीले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । एसियाली खेलमा २० वर्ष पछि नेपालका लागि रजत पदक तथा टिम गेममा नेपालका लागि पहिलो पदक जित्ने टोलीलाई गण्डकी प्रदेशले सम्मान गर्न पाएकोमा खुसि व्यक्त गर्दै मन्त्री पुनले आगामी दिनमा स्वर्ण पदक ल्याउने गरी उत्कृष्ट प्रर्दशन गर्न आग्रह गरिन ।

कार्यक्रममा वोल्दै कप्तान विमल अधिकारीले प्याराग्लाइडिङ खेलको विकास र विस्तारमा राज्यले थप लगानी गरेमा आगामी अन्तराष्ट्रिय खेलमा नेपालले स्वर्ण पदक ल्याउने दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button