लामाचौरमा तिज महोत्सव सँगै राष्ट्रिय महिला भलिवल जारी

डिफेण्डिङ च्याम्पियन एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने

पोखरा न्यूज- २६, भदौ ।

डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ र गत बर्षको उपविजेता न्यू डायमण्ड एकेडेमी यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिको लागि फाईनलमा भिड्ने भएका छन। फाईनल खेल बुधबार दिउसो हुने खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

मंगलबार  भएको सेमिफाइनल खेलमा एपिएफले विभागिय टोली त्रिभुवन आर्मीलाई र न्यू डायमण्डले चितवन टाईगरलाइ सोझा सेटमा पराजित गर्दै गत बर्षकै ईतिहास दोहोराउदै दुबै टिमले फाइनलमा यात्रा बनाएका हुन।

पहिलो सेमिफाईनल खेलमा न्यू डायमण्डले चितवन टाईगरलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गर्दा दोश्रो सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सोझो सेटमा पन्छाएको हो ।

यस अघि दुई वटा लिग चरणका खेलहरु भएका थिए । न्यू डायमण्डले आर्मीलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पन्छाउदा अर्को खेलमा आर्मीले टप्स माविलाई २५–२१, २५–१९ र २५–१० को सोझो सेटमा पराजित गरेको हो । तेश्रो स्थानको लागि बुधबार चितवन टाईगर र आर्मी बिच हुने भएको छ ।

सात टिमको सहभागिता रहने भनिएको प्रतियोगितामा समूह ए मा रहेका नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र सहभागि भएनन । खेल तालिका सार्वजनिक भए पनि पछि दुई टिमले प्राविधिक कारण देखाउदै अन्तिम अबस्थामा सहभागि नभएको आयोजक नव आर्दश सामुदायिक विकास समाजले जनाएको छ । प्रतियोगितामा विजेता टिमले एक लाख उपबिजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको प्रसार संयोजक धर्ममानसिंह भण्डारीले बताए ।

लामाचौरमा जारी तिजे महोत्सवमा बुधबार दिपक खड्का, मन्जु पौडेल, चन्द्र शर्मा लगायतका कलाकारको प्रस्तुती रहने भएको सांस्कृतिक संयोजक दिल बहादुर थापाले बताए । मंगलबार सम्पन्न भएको अन्तर मवि लोक नृत्य प्रतियोगितामा सरस्वती आर्दश बिद्याआश्रमले उपाधि जितेको छ । १९ समुहलाइ पछि पार्दै उपाधि सहित सरस्वतीले २५ हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा मेरी गोल्ड वोडिङ स्कुल दोश्रो, सुर्यदय वार्र्डिङ तेश्रो भएको छ भने कुमुदिनी होम्स मावि, कास्की मोडनाईज र प्रगती वोर्डिङ स्कुलले शान्त्वना स्थान हासिल गरेका हुन।

त्यसै गरी बुधबार महोत्सव सहितको राष्ट्रिय महिला भलिवल प्रतियोगिता पर्यटन मन्त्री रविन्द्र अधिकारीबाट समापन हुने भएको समाजका अध्यक्ष बम बहादुर गुरुङले बताए । महोत्सव समापनको अवसरमा ४ जना श्रेस्ठालाइ सम्मान गरिने भएको छ । सम्मानित हुनेमा साहित्य तर्फ तिर्थ गुरुङ, उद्योग व्यवसायी तर्फ धर्मराज थापा, शिक्षा तर्फ विन्यवासिनी मावि र खेलकुद तर्फ व्याडमिन्टनका बिशाल खड्का रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button