पोखराको महेन्द्रपुलमा जारी मोबाइल मेलामा ४ दिन थप, मेलामा ९० लाखको कारोबार

पोखरा न्यूज – २७, भदौ ।

पोखराको महेन्द्रपुल स्थित पोखरा मोबाइल टावरमा जारी मोबाइल मेलाको समय  ४ दिनका लागि थप गरिएको छ ।

गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार मानिने मोबाइल टावरमा  भदौ १७ बाट सुरु भएको मेला भदौ २७ मा समापन गर्ने  पूर्व घोषणा भएको भएपनि अन्तिम दिन समय थप गरिएको हो  ।  मोबाइल टावरमा भएको मेलामा ग्राहकले  अभूतपूर्व सहभागिता जनाउने क्रम बढेपछी ग्राहकको चाहना अनुरुपनै मेलाको समय  अवधि थप ४ दिनलाई थपिएको मेलाका प्रचारप्रसार संयोजक नारायण सुवेदीले बताए ।

मेला संचालन भएको ११ दिन सम्ममा ९० लाख बराबरको कारोबार भएको सुवेदीले जानकारी दिए । टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बनेको उनको भनाइ छ । एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार सञ्चालन गरेको हो ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट दिइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए ।

मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिनेछ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button