पोखरा उद्योग वाणिज्य संघको सेवा घरमै बसेर पाउने व्यवस्था गर्ने प्रजू प्यानलको घोषणा

पोखरा न्यूज- १, अशोज ।

पोखराका उद्योगी व्यवासायीले उद्योग वाणिज्य संघबाट लिनुपर्ने सेवा घरमै बसेर लिन सक्ने व्यवस्था गर्ने प्रजू प्यानलले घोषण गरेको छ ।

आर्थिक समृद्धिका लागि उद्योग व्यवसायीको प्रगति भन्ने मूल नाराका साथ यसपटकको संघको निर्वाचनमा होमिएको यस प्यानलले सोमबार पोखराको शान्तिवन र लेकसाइडमा रहेको मतदाताहरुसँग भेट गर्दै उद्योग वाणिज्य संघ अझैपनि धेरै समस्याहरुसँग जुधिरहेको र प्रविधि मैत्री हुन नसकेको निष्कर्ष पनि निकालेको छ । प्रविधि मैत्री आजको जमानामा पोखरा उद्योग वाणिज्य संघको वेभसाइट नचल्नुलाई यस प्यानलले दुखद् भनेको छ ।

रहेका उद्योग व्यवासायी मतदाताहरुसँगको भेटमा प्रजू प्यानलले पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई समेट्न नसकेको र चुनावका बेलामा मात्रै भोट माग्न आउने परम्परा रहेकोले त्यसलाई तत्कालै सुधार गरी प्रविधि मैत्री बनाउने वचन दिएको हो ।

एउटा कुनामा बसेर सारा संसार हाक्न सकिने आजको प्रविधि मैत्री जमानामा उद्योग बाणिज्य संघलाई प्रविधि मैत्री बनाएर उद्योगी व्यवसायीले उद्योग बाणिज्य संघबाट प्राप्त गर्न सक्ने सुविधालाई आफ्नो घर र व्यवसायमै बसेर प्राप्त गर्ने वातवारण बनाउने यस
पोखरा उद्योग वाणिज्य संघमा हटलाइन टेलिफोन सेवा र टोल फ्रि नम्बर मार्फत उद्योगी व्यवसायीको सूचना प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाउनु मेरो पहिलो कर्तव्य ठानेको अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादु प्रजूले मतादातालाई भनेका छन् ।

लेकसाइडमा रहेका व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको लागि प्रजू प्यानलको जस्तै खारिएको र सशक्त टिम चाहिएकोले यस टिमले मात्रै व्यवसायीको आवश्यकता पूरा गर्न सक्ने भन्दै यस टिमलाई मतदात गर्न आफूहरु तयार रहेको बताएका महासचिव पदका उमेद्वार अर्जुन पोखरेलले जानकारी दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आन्तरिक व्यवस्थापन पनि कमजोर हुँदै गएको, अदृश्य रुपमा संघको दैनिक कार्यसञ्चालनमा समेत राजनीति हावी हुदै गएकोले त्यसलाई रोक्न पहल गर्नुपर्ने मतदाता व्यवसायीले यस प्यानलालाई सुझाव दिएका छन् ।  विगतमा पोखरा उद्योग वाणिज्य संघले एच डब्लु के माइन्ज, आइ एल ओ लगायतका विदेशी संघसंस्थासँग पनि सहकार्य गरी पोखराको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको, पोखरालाई बालश्रम मुक्त शहर बनाउनको लागि भूमिका खेल्न सकेको भएपनि पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघले ती विषयमा उल्लेख्य काम गर्न नसकेको गुनासो पनि मतदाता व्यवसायीहरुले गरेका छन् ।

मतदातासँगको भेटमा प्रजू प्यानलले आफू निर्वाचत भएमा विगतको भूमिकालाई यथावत राख्न पहल गर्ने बचन दिएको छ ।  संघको कोषाध्यक्ष पदका उमेद्वार सुरेन्द्रमान विजुक्छेले सामाजिक क्षेत्रमा संघको भूमिका कमजोर हुँदै गएको र संघ तथा व्यवसायी बीचको दूरी बढ्दै गएको कारण संघ कुनै क्लब जस्तै बनेको हुँदा संघलाई पोखराको अग्रणी संस्था बनाउनेमा आफ्नो टिम लागिरहेको बताए ।

व्यवसायी साथीहरुले पाउनुपर्ने आवश्यक सूचनाहरु पनि पाउन नसकिरहको अहिलेको अवस्थामा कर, राजश्व तथा व्यवसाय सम्बन्धि अन्य सूचनाहरु घरमै बसेर पाउने व्यवस्था मिलाउने आफ्नो टिमको कार्ययोजना रहेको उपमहासचिव पदका उमेद्वार चिनुकुमारी गुरुङ्गले मतदातामाँझ बताएकी छन् ।

प्यानलमा अध्यक्ष पदमा रवीन्द्रबहादुर प्रजू, वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, महासचिवमा चिनुकुमारी गुरुङ्ग तथा कार्यसमिति सदस्यमा बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीतिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी उमेद्वार रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button