पोखरामा मिडिया कप भलिवल प्रतियोगिता हुने

पोखरा न्यूज, १ अशोज ।

पोखरामा मिडिया कप भलिवल प्रतियोगिता हुने भएको छ । केभसिटी मिडिया प्रालिको आयोजनामा यहि असोज १२ र १३ गते उक्त प्रतियोगिता हुने भएको आज सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

राष्ट्रिय खेल भलिवलको विकास र विस्तारमा टेवा पुराउने तथा संचारकर्मी बिचको आत्मियता र सद्भाव जगाउने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको केभसिटी मिडिया प्रालिका भीमबहादुर थापाले बताए।

पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने प्रतियोगितामा करिब २० टिमको सहभागि हुने भएको थापाले जनाए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार ३ सय ३३ र द्वितीय हुनेलाई नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रालिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।

त्यस्तै, वेष्ट प्लेयरलाई नगद ३ हजार ३ सय ३३ तथा वेष्ट स्पाइकर, वेष्ट लिफ्टर, वेष्ट सर्भर, वेष्ट क्वीकर, अनुशासित टिमलाई नगद १ हजार १ सय ११ सहित मेडल र प्रमाण प्रदान गरिने भएको छ।

पोखरा महानगरपालिकाको विशेष सहयोग, वडा कार्यालय पोखरा १६ र १९ को सहयोग, नेपाल पर्यटन वोर्डको प्रवद्र्धन, कास्की जिल्ला भलिवल संघ तथा भलिवल टे«निङ सेन्टर र राष्ट्रिय माविको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा २ लाख खर्च लाग्ने अनुमान गरिएको थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button