पोखरामा होण्डाको नयाँ बाइक, बाइक वा स्कुटर खरिदमा ४ हजार देखि १ लाख पुरस्कार

डिएनबी, पोखरा न्यूज – १, अशोज । 

पर्यटकीय नगरी पोखरामा होण्डाको नयाँ बाइक एक्स–बिलेड आज सोमबार देखि विक्रि वितरण सुरु भएको छ । पोखरा नयाँ बजारमा रहेको कुंवर ब्रर्दशले उक्तबाइक पोखरा क्षेत्रमा विक्रि वितरण गर्न सोमबार देखि सुरु गरेको हो ।

नेपालीहरुको महान पर्व विजय दशर्मी तथा शुभ–दीपावलीको अवसरमा आम उपभोक्तालाई नयाँ ब्राण्डको बाइक बजारमा ल्याएको कुंवर ब्रर्दशका संचालक चन्द्र बहादुर कुवंरले बताए । उक्त बाइक पावर, माइलेज तथा स्टाइलको उत्कृष्ट समिश्रण रहेको कुंवरले दाबी गरे ।

युवाहरुको रोजाइमा होण्डा कम्पनीको बाइकहरु पर्ने गरेको जनाए । २ लाख ८५ हजार ९ सय मुल्य रहेको उक्त बाइक रातो, हरियो, निलो, कालो सहित ५ कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । १६० सीसीको बाइक, इमर्जेन्सि लाईट सिस्टम, पेट्रेलमा डिस ब्रेक, १२ लिटरको ट्याङकी लगायतका बिषेशता रहेको संचालक कुंवरले बताए । उक्त बाइकको चेनमा सुख्खा नहुने हुदा एक सय ३० किलोमिटर गुड्दा पनि कुनै समस्या नहुने कम्पनीले दाबी गरेको छ । एक समारोहका बिच सोमबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्याल, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संचालक चन्द्र बहादुर कुंवरले उक्त बाइकको सार्वजनिक गरेका हुन।

कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी उपरिक्षक बस्यालले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवै सरोकार पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले भने “ सडक दुर्घटना हुने मुख्य कारण हामी सवैको गार्जेन्सिप नपुगेको भएर हो, कास्कीमा २८ जनाको कर्मजारी दरवन्दीले कसरी ट्राफिक व्याबस्थापन हुन सक्छ, हाल काजमा ८४ जना हुदा पनि ट्राफिक व्यबस्थापनमा हाम्रो प्रभावकारी ध्यान पुगेको छैन।”
महासंघका अध्यक्ष श्रेष्ठले अटो व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदाहित्व अन्र्तगत बृक्षारोपण जस्ता कार्यमा सक्रिए हुन सुझाव दिए ।

कुंवर ब्रर्दशका प्रोपाइटर लक्ष्मि कुंवरले दशैं अफर अन्र्तगत होण्डा एक बाइक वा स्कुटर किन्दा विभिन्न अफर हाल लागु भएको बताइन। उनका अनुसार एक बाइक वा स्कुटर किन्दा ४ हजार देखि १ लाखसम्मको स्क्रयाच कुपन, ५ बर्ष सम्म फ्रि सर्भिसिङ, ५ बर्षसम्म पाटर्समा १० प्रतिशत छुट, बम्पर उपहार ५० लाख, एक वटा होण्डा हेलमेट र एक बर्षको यातायात कर छुट सहितको कम्पनीले सेवा दिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button