थप जिम्मेवारी लिई काम गरेर देखाउन चाहन्छु : चिनु गुरुङ-उम्मेदवार (उपमहासचिव)

पोखरा न्यूज- २, असोज ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रही पोखराकै विभिन्न ठाउ तथा तनहुँमा साखा कार्यालय स्थापना गरि ब्यबसायिक हिसाबले सक्रिय रुपले लागेकी चिनुकुमारी गुरुङ पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा उपमहासचिव पदकी दाबेदार हुन् ।

आफुमात्र ब्यबसायिक हिसाबले नलागी समग्र पोखरा र वरपरका ग्रामीण क्षेत्रहरूलाई समेट्दै शिपमूलक ब्याबसायीक तालीमहरू प्रदान गर्दै नैतिक तथा आर्थिक दुवै माध्यमबाट महिलाहरूको जीवनस्तर उकास्न पहलक़दमी लिने महिलाका रुपमा उनि चिनिन्छिन । आफ्नो व्यक्तिगत तथा ब्यबसायिक सहयोगबाट उनले थुप्रै महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सफल भएकी उनले धेरैलाई प्रतक्ष्य रोजगार समेत दिएकी छन् । आफ्नो देश बिदेशमा लिएको तालिम तथा ३० वर्ष लामो ब्यबसायिक अनुभवलाई साट्दै उनले हजारौको संख्यामा महिला दिदीबहिनीहरुलाई सिप प्रदान गरेकी छन् ।

२०४९ सालदेखि आफु निरन्तर व्युटीपार्लर व्यवसायमा लागिपरेको बताउदै उनले आफुले अहिले ४९ जनालाई रोजगार प्रदान गरिरहेको र हालसम्म १ हजार बढीलाई स्वरोजगार तथा ३ हजार जना भन्दा बढीलाई व्युटीपार्लर सिप सिकाएको बताउछिन । भारतको मद्रासबाट ब्युटिसियन तालिममा डिप्लोमा कोर्ष तथा भारतकै पुनेबाट एडभान्स स्किन केयर कोर्ष गरेकी उनले पोखरालाई प्राथमिकतामा राख्दै नेपालका प्रमुख सहरहरुमा पुगेर तालिम प्रदान गरिसकेकी छन् । आफुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिब एक दर्जनको संख्यामा ब्युटिसियन सम्बन्धि तालिम समेत लिएको बताउने उनि गरिब तथा जेहेनदार विद्यार्थीको लागि निःशुल्क तालिमको व्यवस्था गर्दै आएको बताउछिन ।

व्यवसाय सँगसँगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी उनी व्युटीपार्लर व्यवसायी संघ, महिला उद्यमी संघ नेपाल, गण्डकी प्रदेश तालिम प्रदायक संघ (सिटिइभिटी ), ग्रामीण तालिम परिषद् केन्द्र (सिटिइभिटी) भिमाद, सामुदायिक सेवाकेन्द्र एबम सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक, रोटरी, जेसिस एमनेस्टी इन्टरनेसनल जस्ता सामाजिक संघसस्थामा आबद्ध छन् । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको संस्थापक अध्यक्ष रहेकी उनि हाल लायन्स क्लब इन्टरनेशनल नेपालको डिष्ट्रिक्ट ३२५ बि १ (१३) जोन चियरपर्सन रहेकी छन् । उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदर स्वरुप उनि विभिन्न संघ सस्थाबाट सम्मानित समेत भएकी छन् ।

बिगत २७ वर्षदेखि पोखरामा स्थायी बसोबास गर्दै आएकी उनले एक कार्यकाल पोखरा उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिको सदस्य भएर काम गरेकी छन् भने एक कार्यकाल संघको कार्य समिति सदस्य भएर काम गरिसकेकी छन् । आफु महिला दिदीबहिनीहरुको हितका लागि लागिपरेको भएपनि समग्र उद्योगी व्यवसायीको हक तथा हितमा सदैब लागिपर्ने प्रतिवद्धता आफ्नो रहेको उनि बताउछिन । महिलालाई उत्पादनसिल बनाई उत्पादन गरिएका सामानको प्रबर्द्धन गर्दै उचित बजारको वातावरण तयार गर्न आफु सदैब लागिपर्ने उनको चाहना छ ।

व्यवसायीहरुलाई कर तथा व्यवसाय सम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्दै स-साना ब्यबसायिक झन्झटलाई सहजीकरण गर्ने प्रतिबद्धता गर्दै गुरुङ आफू सबैको साथले विजयी हुने बिश्वाश ब्यक्त गर्छिन । आफुले सम्पूर्ण ब्यबसायी महानुभाबहरुको अमुल्य भोटको मर्यादा कायम राख्ने बताउदै उनले थप जिम्मेवारी लिई काम गरेर देखाउन चाहेको बताइन् । उनले बिगतमा आफुलाई सदस्यको रुपमा रही काम गर्ने अवसर जुटाइदिने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्दै  पुन सबैको साथ् र सहयोगको अपेक्षा गरेको बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button