पेट्रोलिय पदार्थमा भएको मुल्य बृद्धि फिर्ता नभए अग्रिम टिकट बुकिङ नहुने चेतावनी

डीएनबी, पोखरा न्यूज- २, असोज ।

पेट्रोलिय पदार्थमा १२ दिनमा दुई पटक भएको मुल्य बृद्धि ४८ घण्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नहुने यातायात व्यवसायीले चेतावनी दिएका छन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही असोज ५ गते देखि अग्रिम टिकट खुल्ला गर्ने सहमति जनाए पनि नेपाल सरकारले १२ दिनमा दुई पटक पेट्रोलिय पदार्थमा गरिएको मुल्य बृद्धि ४८ घण्टा भित्र फिर्ता नभए अग्रिम टिकट खुल्ला गर्न नसक्ने महासंघले प्रेस विज्ञप्ती मार्फत जनाएको हो ।

नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली, छठ पर्वमा आम यात्रुबर्गलाई सहज र व्यबस्थित रुपले यात्रा गराउने उद्धेश्यले नेपाल सरकारसंग महासंघले गरेको सम्झौता अनुसार अग्रिम टिकट खुल्ला गर्ने निर्णय लागु गर्न लागेको अबस्थामा दुई पटक मुल्य बृद्धि भएकोले उक्त निर्णय लागु नहुने महासंघका अध्यक्ष योगेन्द्रराज कर्माचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यातायात व्यबस्था विभाग र महासंघ बिच गत भदौं ३१ गते बैंक  खाता खुल्ला गरी अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको महासंघका उपाध्यक्ष ऐन कुमार शाहीले बताए । सरकारले भदौं २० गते राति १२ बजे देखि लागु हुने गरी प्रति लिटर पेट्रोलटमा एक र मट्टितेलमा ३ र प्रलि सिलिण्डर ग्याँसमा २५ रुपैया मुल्य बृद्धि गरेको १२ दिन पछि पुनः असोज १ गते राति १२ बजे देखि लागु हुने गरी प्रति लिटर पेट्रोलटमा २ रुपैया, डिजेल र मट्टितेलमा ३/३ रुपैया बृद्धि गरेको छ । सरकारले मुल्य फिर्ता र बैंक खाता नखोले असोज ५ गते देखि देशै भरी दशैं पर्व लक्षित हुने गरी अग्रिम टिकट बुकिङ नहुने उपाध्यक्ष शाहीले चेतावनी दिए ।

पृथ्बीराजमार्ग बस संचालक समितिका अध्यक्ष समेत रहेका उपाध्यक्ष शाहीले दशैं  पर्वको अवसरमा पोखरा क्षेत्रबाट अन्यत्र जाने यात्रुको खासै ठुलो चाप नहुने बताए । दशैं लक्षित ३/४ दिन केहि यात्रुको चाप भए पनि अतिरिक्त बस खासै आवश्यक नपर्ने उनले जनाए ।

दशैंको अवसरमा करिब ५ सय बस पोखरा क्षेत्रका यात्रुलाई ब्याबस्थापन गर्न चाहिने  शाहीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button