पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने

पोखरा न्यूज- २, असोज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताए ।

संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको बताए। पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट पाँचौँ शैक्षिक स्थल बनाउने लक्ष्य राखिएको बताए ।

सामुदायिक विद्यलायमा पढाउने तर आफ्ना बालबच्चा निजी विद्यालयमा पठाउने प्रवृत्ति निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै उनले सबैको सामूहिक प्रयासमा मात्र शिक्षाको गुणस्तरीयता सम्भव हुने उल्लेख गरे । गण्डकी प्रदेश विश्व विद्यालयल स्थापना गरी स्वदेशी एवं विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाइनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङ्गले त्यस्ता स्थल राजनीतिकरुपमा नभई प्राज्ञिक क्षेत्रबाट सञ्चालन गरिने बताए ।

मुख्यमन्त्री गुरुङले सरकारबाट २०७४ मा उत्कृष्ट घोषित कास्कीका सामुदायिकतर्फ शीतलादेवी मावि, संस्थागततर्फ मदरल्याण्ड आवासीय मावि, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसतर्फ पृथ्वीनारायण क्याम्पस र कक्षा ११/१२ सञ्चालित मध्येमा अमरसिंह माविलाई सम्मान गरे  ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले केही सामुदायिक विद्यालयले पठनपाठनमा उदाहरणीय बन्दै आएको बताउँदै शैक्षिक गुणस्तरीयता अभिवृद्धिमा प्रदेश सरकारको सक्रिय रहने बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button