बडिगाड ताल फुटाउन पोखराबाट ११ जनाको प्राविधिक टोली पुग्यो

पोखरा न्यूज – ३, असोज ।

गत भदौ २९ गते पहिरो खसेर थुनिएको बागलुङको  ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ ।

खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन थालेको छ । सुरक्षित तरिकाबाट ताल फुटाउन नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापा नेतृत्वको ११ जनाको प्राविधिक टोली सो क्षेत्रमा पुगेको छ । स्थानीयवासीले चाँडो तालको पानी निकास गर्न माग गरेका छन् । लोकमार्ग सञ्चालनबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । “ सेनाको टोलीले ताल खोल्नेबारे अध्ययन शुरु गरेको छ, सडकको प्राविधिक टोलीले समेत अध्ययन थालेको छ,” उनले भने।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सडक अवरुद्धसँगै बुर्तिवाङ हुँदै अन्यत्र जाने यातायातका साधन बाटोमै थन्किएका छन् । बुर्तिवाङ निसी भूजी तमान क्षेत्रमा यात्रु अलपत्र छन् । लोकमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको खोजि भइरहेको छ ।

स्थानीयवासीलाई पैदल हिँड्नसमेत समस्या भएपछि बडिगाड गाउँपालिकाको सिस्नेरी हुँदै दर्लिङखाला, राजकुत देवीस्थानबाट बुर्तिवाङसम्म डोजर लगाएर सडक सञ्चालन गरिने प्रजिअ खरेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button