करिब १ करोड लागतमा पोखरामा कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन

राजधानी बाहिर नेपालमै पहिलो पटक पोखरामा मेसिन भित्राएको दाबी

पोखरा न्यूज- ०३, असोज  ।

कलेज रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले पोखरामा करिब १ करोड लागतमा  कलेजोको अवस्था जाच्ने मेसिन (लिभर स्क्यान) भित्राएको छ  ।

पोखराको पृथ्वीचोकमा झन्डै १ वर्षअघि कलेजो र पेटरोगको सुपरस्पेसलिटी सेवा सुरु गरेको केन्द्रले राजधानीबाहिर नेपालमै पहिलो पटक यो मेसिन भित्राएको दाबी समेत गरेको छ । ग्यास्ट्रो केयरले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरामा  भित्राएको भन्दै केन्द्रका डा. सुवास भट्टराईले विश्वकै विख्यात अस्पतालमा प्रयोग हुने यो मेसिन आएपछि कलेजोको उपचारमा नयाँ कदम सुरु भएको बताए ।

 पेट तथा कलेजो रोगमा डिम गरेका डा.  भट्टराईले अब कलेजोको कुनै पनि उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था नरहेको  उल्लेख गरे । मेसिनबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा  डा. भट्टराईले लिभर स्क्यानबाट कलेजो कति मात्रामा बिग्रिएको छ वा कसरी उपचारबाट सुधार हुँदै छ भनी सजिलै पत्ता लाग्ने जानकारी दिए ।

उनले भने, ‘बायप्सी गर्दा पीडा हुने, रिपोर्ट आउन समय लाग्ने, भर्ना हुनुपर्ने अवस्था थियो जसको अन्त्य भएको छ  । फाइबर टच नामले समेत चिनिने उक्त मेसिनबाट कलेजो परीक्षण गर्नका लागि ७ हजार ५ सय शुल्क बताउदै डा.  भट्टराईले  सामान्य एक्सरे हुने समयमै परिक्षण हुने बताए ।

कलेजो रोगी, सिरोसिस भएका, रक्सी नियमित खाने, हेपाटाइटिस बि र सि भएका, मधुमेह र कलेजोमा बोसो जमेकाहरुलाई यसको परीक्षण आवश्यक पर्ने बताईएको छ ।

ग्यास्ट्रो केयर प्रालिका अध्यक्ष डा. मेरिना ज्ञवाली भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड रेफरेन्स प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र गिरबहादुर खत्रीले आफ्नो धारणा राखेका  थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button