पोखराको जनप्रिय स्कुल अगाडी कुटपिट, २ विद्यार्थी घाइते

पोखरा न्यूज – ०४ असोज ।

पोखरा महानगरपालिका -०८ स्थित जनप्रिय स्कुल अगाडी कुटपिट हुदाँ  २ विद्यार्थी घाइते भएका छन् ।

बुधबार बिहान करिब ११ बजेको समयमा अपरिचित व्यक्तिहरुले कुपिटटबाट बिद्यालयमा अध्यनरत पोखरा – ५ पर्साङ का १७ बर्षीय सुनिल श्रेष्ठ  र पोखरा – ८ सिर्जनाचोकका बर्ष १७ कै शिब कार्की घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी  प्रमुख डीएसपी नबिन कार्कीले बताए ।

कुटपिटबाट घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा  उपचार भइरहेको डीएसपी कार्कीले जानकारी दिए  ।  । कुटपिटमा संलग्न भई फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको कार्कीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button