पोखरातर्फ आउदै गरेको पर्यटक बसको ठक्करबाट तनहुँमा १ घाइते

पोखरा न्यूज – ०४ असोज  ।

पोखरातर्फ आउदै गरेको पर्यटक बसले  ठक्कर दिँदा तनहुँमा १ जना  घाइते भएका छन् ।

काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको बा १ प १२८० नम्बरको  पर्यटक बसले पृथ्बी राजमार्गको तनहुँ बन्दिपुर गाउँपालिका -४ नयाँपुलमा बुधबार ग १४ प ८२५४  नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक नवलपरासीको बाउदिकालि गाउँपालिका -१ का  २१ बर्षीय  बुद्दिराज थापा घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइते थापाको लक्ष्मि अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

प्रहरीले  बस र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button