करिब ४५ करोडको लागतमा स्याङजाको भालु पहाडमा टुरिजम स्पोटर्स

डिएनबी, पोखरा न्यूज- ०४, असोज  । 

गण्डकी प्रदेशमा पर्ने स्याङजाको फेदीखोला गाँउपालिका २ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब २८ किलोमिटर टाडाको दुरीमा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधि सहितको भौतिक संरचना निमार्ण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

फेदीखोला गाउँपालिकाले यस्तो बृहत गुरुयोजना अघि सारेको हो । पब्लिक प्राईभेट पाट्नरशिपको अबधारणमा करिब ४५ करोडको लागतमा उक्त योजना अघि सारिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले भने “ भालु पहाडमा टुरिजम स्पोटर्सको रुपमा विकास गर्न हामीले यस्तो योजना अघि सारेका हौं, पहाडै पहाडको जिल्लाको रुपमा परिचित यस जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य अब हामीले भालूपहाडलाई बनाउदै छौं ।”

सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने उक्त क्षेत्रको होम स्टे सहितको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य राखिएको उनले जनाए । हाल दैनिक ५०/६० जना भालु पहाडमा जाने गरे ता पनि उक्त योजना पश्चात कम्तिमा दैनिक २ हजार ५ सय पर्यटकहरु जाने वातावरण आफुहरुले सृजना गर्न खोजेको प्रमुख सुवेदीले जनाए । करिब साढे ३ बर्षमा उक्त योजना सफल पारिने गरी फेदीखोला गाँउपालिकाले हाल लगानी कर्ताको समेत खोजि गरेको प्रमुख सुवेदीले बताए । भालुपहाडमा अत्याधुनिक झोलुङ्गे पूल निमार्ण गर्ने, पार्कहरु निमार्ण गर्ने, वाटर फाउन्टेन, पहाडी भुबनोट सुहाउँदो विशिष्ट टुरिजम स्पट निमार्ण गर्ने, चमेना गृह, हिन्दु र बौद्ध धर्मालम्बीलाइ लक्षित गरी शिव र बुद्धको मुर्ति निमार्ण गर्ने योजना रहेको उनले जनाए ।

राजमार्गबाट सेतीखोला हुदै स्पटसम्म पुग्नको लागि एकातर्फ २०० देखि २५० वटा मनमोहक सिढीहरु बनाइने भएको छ भने अर्कोतर्फ खोला माथि १ सय ७५ मिटर लामो झोलुङगे पुल निर्माण गरिने, सेती खोलामा जानको लागि मनमोहक पदमार्ग निमार्ण गरिने उनले जनाए । मुक्तिनाथ र लुम्बिनी घुम्न आउने हिन्दु र बौद्ध धर्मालम्बीलाई लक्षित गरि उक्त टुरिजम स्पटमा २३ फिट अग्लो भगवान शिव र बुद्धको मुर्ति राखिने भएको छ भने एक मुर्तिबाट अर्को मुर्तिलाई जोड्नको लागि १४ मिटर लामो र १० मिटर अग्लो वुडन आर्क ब्रिज अर्थात मनमोहक काठको पूल बनाइने योजना अघि सारिएको प्रमुख सुवेदीले बताए ।

उक्त भालुपहाडको एकीकृत पर्यटन गुरुयोजनाको सार्वजनिक सहितको पत्रकार सम्मेलन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको उपस्थितीमा भएको हो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेश सरकारले पर्यटनलाई पहिलो आर्थिक विकासको आधार बनायर अघि बढेको अबस्थामा उक्त पर्यटकीय गन्तव्यको पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

ठूला ठुला मनोरम पहाड, पहाड घुमेर बगेको सेती नदी र पहाडबाट देखिने धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका एक दर्जन हिमशृखलाले यस क्षेत्रलाई फिल्म छायाँकन स्थल, पिकनिक स्पोर्ट, पारिवारिक भ्रमण, बिदा मनाउने आकर्षक गन्तव्यको रुपमा चिनाउन पनि गाँउपालिकाले विभिन्न निकाय तथा निजी क्षेत्रसंगको सहकार्यमा अघि बढाउन खोजेको हो ।

‘समृद्धि स्मार्ट भिलेज, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ निमार्ण हुने उक्त योजनाले वालवालिका देखि युवा युवती हुदै बुद्धबुद्धाहरुलाई समेत आकर्षण गर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button